एल.एल.बि सवै विद्यार्थीले पढ्न पाउने नयाँ निर्णय


असार १५ असार । नेपाल ल को डीन कार्यालय र विद्द्यार्थी संगठनहरु बीच नया समझदारी भएको छ । समझदारी पत्र अनुसार सवै पढ्न चाहने विद्द्यार्थीहरु लाई प्रशासनले भर्ना लिने विद्द्यार्थीसंगठन र प्रशासनबीच सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बताएका छन् । डीन कार्यालयको निर्णय अनुसार यस वर्ष देखि कोटा निर्धारण गरि ८ सय विद्द्यार्थी लाई मात्र अध्ययन अध्यापन गराउन सकिने भन्दै जेष्ठ १९ गते प्रवेश परिक्षा लिएको थियो तर विभिन्न विद्यार्थी संगठनहरुको बिरोध का कारण नतिजा प्रकाशन नहुदै नयाँ निर्णय भएको अध्यक्ष रायमाझीले बताएका छन् ।
असार २१ गते देखि भर्ना सुरु हुने र प्रवेश परिक्षामा सहभागी भएका तथा नभएका सवै विद्द्यार्थिहरुले भर्ना गर्न पाउने लिखित समझदारी भएको अध्यक्ष रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्