एशियाडमा पदक विजेता खेलाडी सम्मानित


काठमाडौँ, १८ भदौ । इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई नगदसहित सम्मानित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही रु पाँच लाख, खेल सङ्घलाई रु पाँच लाख, मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षकलाई रु एक लाख ५० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरेका छन्।

इन्डोनेसियामा भएको १८ औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो । पुरस्कृत हुनेमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा तथा मुख्य प्रशिक्षकमा योगेश भट्टराई र सहायक प्रशिक्षक सानुबाबु श्रेष्ठ छन् ।

त्यसैगरी रजत पदक दिलाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघलाई रु पाँच लाख तथा खेल व्यवस्थापक शैलेश राउतलाई सम्ममानपत्रद्वारा सम्मान गरियो । सोही अवसरमा प्याराग्लाइडिङको महिलातर्फ छैटौँ स्थान हासिल गर्ने महिला खेलाडीलाई समेत मायाको चिनो प्रदान गरियो । सम्मानअघि खेलाडीलाई नगर परिक्रमा गराइएको थियो । इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको एशियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाए पनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जित्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्