एसईईको नतिजा असारको दोस्रो साता


भक्तपुर, १७ जेठ । कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा असारको दोस्रो साता सार्वजनिक गरिने तयारी गरिएको छ । गत वर्षको भन्दा यस वर्ष केही ढिलो हुने भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताए । गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताए ।
एसईई परीक्षा गत चैत ८ गतेबाट सुरु भई १७ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्