एसईईमा उत्कृष्ट नतिजा ल्याउने थामी समुदायका १८ बिद्यार्थी सम्मानित


काठमाडौ, १३ साउन । २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने थामी समुदायका १८ जना बिद्यार्थी सम्मानित भएका छन् । नेपाल थामी समाज दोलखाले चरीकोटमा उनिहरुलाई सम्मान गरेको हो । कालिञ्चोक गाउँपालिका प्रमुख तथा नेपाल थामी समाजका पुर्व अध्यक्ष विन कुमार थामी लगायतले उत्कृष्ट बिद्यार्थीलाई सम्मान पत्र, खादा र अविर लगाएर सम्मान गरेका थिए ।  सामुदायिक विद्यालयबाट सबैभन्दा बढि ग्रेड ल्याउन सफल किरण थामी, मिनु थामी र सुस्मिता थामी लाई जनही नगद तीन हजार रुपैयाँ सहित सम्मानित गरिएको थियो ।
आगामी दिनहरुमा एसइइ परीक्षामा सहभागी हुने बिधार्थिहरुलाइ उत्प्रेरित गराउन सो कार्यक्रको आयोजना गरिएको समाजले जनाएको छ । सोही कार्यक्रमको अवसरमा बिगत लामो समयदेखि थामी समुदायको आवाजलाई सञ्चारका विभिन्न माध्यमबाट योगदान पुरयाउने कान्तिपुर दैनिकका राजेन्द्र मानन्धरलाई पनि सम्मान गरिएको छ । सोही कार्यक्रममा टहल थामी पनि सम्मानित भएका छन ।

प्रतिक्रिया दिनुहोस्