एसएलसीको नतिजा सार्वजनिक, (परिणाम हेर्ने तरिका यस्तो छ)


२ जेठ । एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको छ । पहिलो पटक एसएलसी परीक्षाको नतिजा ‘ग्रेडिङ’ प्रणालीमा सार्वजनिक गरेकाले परीक्षा नियन्त्रण कार्यालयको जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको छ गरेको हो।

कार्यालयका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको हो ।

यस पटकको एसएलसीमा कुल ६ लाख १५ हजार ५ सय ५३ सहभागी भएका थिए । कुल परीक्षार्थीमध्ये नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।

त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।

www.moe.gov.np
www.doe.gov.np
www.soce.gov.np
www.slc.ntc.net.np
www.edukhabar.com

प्रतिक्रिया दिनुहोस्