ओखलढुंगा जीप दुर्घटना:मृत्यु हुने ६ जनाको सनाखत


ओखलढुंगा, १७ चैत । ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा स्कार्पियो दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका ६ हिलेपानीमा आज बा.१६ च २२०७ नम्बरको जिप दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेका छन ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार तीव्र गतिमा ब्रेक फेल हुँदा जीप दुर्घटनामा परेको हो । चालक कृष्ण श्रेष्ठ गम्भीर घाइते रहेका छन ।

प्रतिक्रिया दिनुहोस्