ओनसरी घर्ती सभामुख कि माओवादी गुरिल्ला ?


३० असार । संसद्मा के काम दिने र कसरी चलाउने भन्ने सरकारको काम हो । सभामुखले त्यसलाई कार्यान्वयन गर्ने हो । तर, वर्तमान सरकार ढाल्न माओवादी सक्रिय भएपछि सभामुख ओनसरी घर्ती स्वयम् संसद्को नियमित काममा भन्दा सरकार कसरी छिटो ढाल्ने भन्नेमा चिन्नित देखिएकी छन् ।

‘बजेट पारित भयो भने त सरकारले संसद्मा आफ्नो बहुमत छ भन्ने आधारमा पाउँछ, त्यसैले बैठक नै नराख्नू ।’

बुधबार ११ बजेका लागि बजेटसम्बन्धी बाँकी विधेयक पारित गर्न बोलाइएको बैठक टार्न सभामुख घर्तीले निर्वाह गरेको भूमिकाले उनको क्षमता र निष्पक्षतमा गम्भीर प्रश्न उब्जिएको छ । ११ बजेका लागि तय भएको बैठक उनले तीन बजेका कारण सारिन्, जबकि त्यतिबेलासम्म संसद्मा सरकारका विरुद्ध अविश्वास प्रस्ताव नै दर्ता भएको थिएन । उनलाई माओवादी र कांग्रेसका तर्फबाट भनिएको रहेछ, ‘बजेट पारित भयो भने त सरकारले संसद्मा आफ्नो बहुमत छ भन्ने आधारमा पाउँछ, त्यसैले बैठक नै नराख्नू ।’

तीन बजे बैठक तय गर्नका लागि कार्य व्यवस्था परामर्श समितिमा भएको छलफललाई पनि सभामुख घर्तीले लत्याइन् । तीन बजे बैठक बस्छ भनेर अर्थमन्त्रीसहितका मन्त्रीहरु कुरेर बसेका थिए । सरकारको बजेट पारित गर्ने विषयमा उनले न अर्थमन्त्रीलाई एक शब्द सोधिन् न त सत्तापक्षका प्रमृुख सचेतकहरुले भनेको नै सुनिन् ।

स्रोतका अनुसार, त्यसबीचमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेता कृष्णबहादुृर महरालगायतसँग छलफल गरेरै हिजोको बैठक टारेकी हुन् । नयाँ नियमावलीमा तोकिएको समयसभन्दा दुई घन्टा ढिलो भएमा बैठक स्वतः स्थगित हुने प्रावधान छ । तर, सभामुख घर्तीले पाँच नबज्दै आफूलाई भेट्न आउने सांसदहरुलाई आज बैठक हुँदैन, घर गए हुन्छ भनिरहेकी थिइन् ।

सभामुख घर्तीको उक्त एकपक्षीय कदमप्रति सत्तापक्षका प्रमुख सचेतकहरुले गम्भीर आपत्ति जनाएका थिए । एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, नेकपा (माले) का प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वांगलगायतले यस्तो एकपक्षीय भूमिका किन निर्वाह गर्नुभएको भनेर सभामुख घर्तीलाई र्याख्र्याख्ती पारेका थिए ।

बजेट पूर्ण रुपमा पारित नभएमा साउन १ गतेबाट तलबभत्ता खान र रावश्व उठाउन नपाइने भएकाले राष्ट्रलाई गम्भीर संकटमा नधकेल्न सत्तापक्षले चेतावनी दिएपछि उनी बल्ल असार ३१ गते बैठक बोलाउन सहमत भएकी थिइन् ।

सभामुख घर्तीले सरकारको बजेट नै पारित हुन नदिने गरी एकै पटक साउन ६ गते बैठक राख्ने योजना बनाएको थाहा पाएपछि सत्तापक्षका प्रमुख सचेतकहरुले भेटेर आपत्ति जनाएका थिए । माओवादी र कांग्रेसले दर्ता गरेको अविश्वास प्रस्ताव परिपक्व हुन एक साताको समय लाग्ने भएकाले त्यस अवधिभित्र संसद्को बैठक नै नबोलाउने र एकैपटक अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बोलाउने उनको योजना थियो । तर, बजेट पूर्ण रुपमा पारित नभएमा साउन १ गतेबाट तलबभत्ता खान र रावश्व उठाउन नपाइने भएकाले राष्ट्रलाई गम्भीर संकटमा नधकेल्न सत्तापक्षले चेतावनी दिएपछि उनी बल्ल असार ३१ गते बैठक बोलाउन सहमत भएकी थिइन् ।

एमालेका प्रमुख सचेतक ढकालले सभामुख घर्तीले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको टिप्प्णी गरे । उनले भने, ‘सभामुखज्यूबाट जुन खालको भूमिका हुनुपथ्र्यो, त्यो हुन सकिरहेको छैन । निष्पक्ष र तटस्थ हुनुपर्ने सभामुख राजनीतिक दलको सक्रिय नेताको भूमिकामा देखिनुभएको छ ।’

सभामुखको राजीनामा मागिने !

यसैबीच, सभामुख घर्तीले यस्तै एकपक्षीय भूमिका निर्वाह गरेमा उनको राजीनामा माग्न सकिने एमालेका एक नेताले बताए । उनले भने, ‘हाम्रो गठबन्धनबाट उहाँ सभामुख निर्वाचित हुनुभएको हो । गठबन्धन भत्किएपछि यसै पनि उहाँले छाडिदिए हुने हो ।’

‘ओनसरी घर्तीजीले आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्नै सक्नुभएन, वर्षामानजीकी श्रीमतीका रुपमा मात्रै देखा पर्नुभयो ।’

सरकार बदल्ने योजना सभामुख निवासमा

संविधानले नै सभामुखलाई निष्पक्ष र तटस्थ स्थानमा राखेको छ । तर, सभामुख ओनसरी घर्ती भने आफ्नो पदीय भूमिका निर्वाह गरेर सरकार परिवर्तनको खेलमा सक्रियतापूर्वक लागेको देखिएको छ । वालुवाटारस्थित उनको सरकारी निवास नै वर्तमान सरकारका विरुद्धमा गतिविधि गर्ने मुख्य केन्द्रका रुपमा देखिएको छ । स्रोतका अनुसार, केपी ओली नेतृत्वको सरकार हटाउन कांग्रेस र माओवादीबीचका मुख्य बैठकहरु सभामुख निवासमै भएका हुन् । स्रोतले भन्यो, ती दुई पार्टीबीचको सहमतिको मस्यौदा सोमबार राती दुई बजे सभामुख निवासमै तयार भएको हो । सभामुख घर्तीका श्रीमान् वर्षमान पुन कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्नुपर्ने भनेर लबिंग गर्ने एमाओवादीका प्रमुख नेता हुन् । एक नेताले टिप्पणी गरे, ‘ओनसरी घर्तीजीले आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्नै सक्नुभएन, वर्षामानजीकी श्रीमतीका रुपमा मात्रै देखा पर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्