ओलाङ्चुङगोलाबाट रवीन्द्र अधिकारीले भने–‘उत्तर–दक्षिण लोकमार्ग त्रिदेशीय सम्बन्धका लागि अत्यावश्यक’


७ मंसिर । व्यवस्थापिका संसद्को विकास समिति सभापति रवीन्द्र अधिकारीले उत्तर–दक्षिण लोकमार्ग त्रिदेशीय सम्बन्धका लागि अत्यावश्यक भएको बताएका छन् ।

ओलाङ्चुङगोला तिप्तलापासदेखि दक्षिणमा भारतको सीमाना विराटनगर रानी भन्सारसम्म जोड्ने उत्तर–दक्षिण लोकमार्गको अनुगमन गर्ने क्रममा अधिकारीले यस्तो बताएका हुन् । नेकपा (एमाले)का सचिव योगेश भट्टराईसहित विकास समितिका सदस्यहरु रविन कोइराला, रामकुमार भट्टराई, कल्पना चौधरी र भक्तबहादुर विश्वकर्माको टोली लिएर ताप्लेजुङ जिल्लाको फुरुम्बु गविसको गढीमा पुगेका अधिकारीले उक्त लोकमार्गको विकासका लागि विकास समिति आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पूर्व–पश्चिम राजमार्ग जसरी नै यो लोकमार्गलाई पनि विकास गर्नुपर्छ,’ अधिकारीले भने, ‘राष्ट्रिय स्तरबाट यो सडक जोड्नुपर्छ म लागि पर्ने छु । यो लोकमार्ग हिमाल, पहाड र तराई जोड्ने मार्ग भएकाले समावेशी पनि छ ।’

चीन र भारत जोड्ने यो सबै भन्दा छोटो दूरीको माग पनि हो । तिप्तलापासदेखि विराटनगरको रानी भन्सारसम्म यसको दूरी २ सय ७० किलोमिटर छ । तमर करिडोरको यो प्रख्यात राजमार्ग जोड्ने सके पूर्वका करिब १६ जिल्लाका वासिन्दा लाभान्वित हुने छन् । अधिकारीले अनुगमनका क्रममा यो मार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिए ।   fdfdgtr

प्रतिक्रिया दिनुहोस्