ओलीलाई राष्ट्रिय झण्डासहित भव्य स्वागत गरेर संसद भवनबाट बालकोट लैजाने तयारी


१९ साउन । विगतका प्रधानमन्त्रीले राजीनामा दिएपछि र नयाँ प्रधानमन्त्री चयन भ्उपछि पनि बालुवाटार छाड्न हप्तौँ लगाउने गरेका थिए ।

तर, यस पटक भने नौ महिना बालुवाटारमा बसेर राष्ट्रवादी प्रधानमन्त्रीको छवी बनाएका केपी शर्मा ओलीले व्यवस्थापिका संसद्बाट नयाँ प्रधानमन्त्री चयन भएकै दिन व्यवस्थापिका संसद् भवनबाट सिधै आफ्नो निजी निवास बालकोट प्रवेश गर्ने भएका छन् ।

उनलाई युवा र सुभेच्छुकहरुले भव्य स्वागत गरेर नयाँ बानेश्वरबाट बालकोट लैजान तयारी भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । ‘उहाँलाई राष्ट्रिय झण्डासहित संसद भवन बाहिरबाट बालकोट लैजाने तयारी भएको छ,’ उनले भने, ‘वेलकम ब्याक भन्दै केपी ओलीलाई ओली निवास बालकोट सम्म भब्य स्वागत गरेर लाने कार्यक्रम तय भएको छ ।

उनले त्यो कार्यक्रमको आयोजना स्वतन्त्र युवा अभियानले दिउँसो १ बजेका लागि तया गरेको जानकारी दिए । स्वतन्त्र युवा अभियानले केपी ओलीलाई बालकोट सम्म स्कर्टिङ गरेर लानको लागि स्वाभिमानी र देशभक्त युवालाई राष्ट्रिय झन्डा सहित १ बजे बानेश्वर चोकमा उपस्थित हुन आग्रह गरेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्