ओलीले गृहमन्त्रीलाई सम्झाए, ‘तपाईँको काम उत्तेजना फैलाउने होइन, शान्ति–सुरक्षा दिने हो’


१८ फागनु । नेकपा (एमाल अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री विमलेन्द्र निधिलाई कुनै एक पार्टीको होइन राष्ट्रको गृहमन्त्री बन्न सुझाव दिएका छन् ।

एमालेले यही फागुन २१ देखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा यस्तो सुझाव दिएका हुन् । ‘गृहमन्त्रीलाई अलिकति सम्झाउन चाहन्छु । गृहमन्त्री देशको हुन्छ, पार्टीको हुँदैन,’ ओलीले भने, ‘त्यो सम्झिदा राम्रो हुन्छ । गृहमन्त्रीले उत्तेजना फैलाउने होइन, शान्तिसुरक्षा दिने हो ।’

पूर्वगृहमन्त्री समेत रहेका ओलीले भने– ‘माननीय गृहमन्त्रीजी हल्का ढंगबाट नलिइयोस् । हामीलाई तपाईँ अघिका पनि धेरै गृहमन्त्रीबारे थाहा छ । हामीले धेरै गृहमन्त्री देखेका छौँ ।’

नेपाली जनताको अभियान

ओलीले सम्वोधनका क्रममा मेची–महाकाली राष्ट्रिय अभियानको नेतृत्व एमालेले गरे पनि राष्ट्रको अभियान भएको जानकारी दिए । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरण अभियान गरेको थिए । त्यो उनको अभियान थिएन,’ ओलीले भने, ‘उनले अभियानको नेतृत्व गरेका थिए । अहिलको अभियान पनि एमालेले नेतृत्व गरेको हो । तर, अभियान देशकै अभियान हो ।’

प्रतिक्रिया दिनुहोस्