ओलीले दिए आफ्ना सांसद्लाई कडा निर्देशन– ‘हामी अगाडिबाट कमाण्ड गर्छौँ, तपाईँहरुले निर्देशन मान्नुहोस्’


१८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सासंद्हरुलाई सरकारले व्यवस्थापिका संसद्मा विवादित संशोधन प्रस्ताव टेबुल गरे प्रतिकार गर्न निर्देशन दिएका छन् ।

उनले सोमबार एमाले संसदीय दलको बैठकमा यस्तो निर्देशन दिएका हुन् । ‘केही गर्नु पर्यो भने हामी अगाडिबाट कमाण्ड गर्छौँ,’ ओलीको भनाई उध्रित गर्दै बैठकमा सहभागी एक सासंद्दे भने, ‘तपाईँहरुले भाषा बुझ्नु होला, बीचैमा उँभिएर प्रस्तुत हुने अभद्र र अमर्यादित स्थिति हामीबाट हुनुहुँदैन, अगाडिबाट जे कमाण्ड हुन्छ । तपाईँहरुले त्यसैलाई निर्देशनको रुपमा मान्नुहोस् ।’

सभामुख ओनसरी घर्तीले संसद् नियमित चलाउँने अभिव्यक्ति दिएकै बेला ओलीको यस्तो निर्देशन आएको हो । बैठकमा ओलीले सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र सरकारमा सहभागी दल नेपाली कांग्रेससँग भएको वार्ता र छलफलका बारेमा पनि रिपोर्टिङ गरेका थिए ।

उनले रिपोर्टिङका क्रममा सरकार संशोधन प्रस्ताव सजिलै फिर्ता गर्ने पक्षमा नरहेको भन्दै निकै ठूलो धक्काको आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्