ओलीले भने– ‘घरमा अक्षता खेलाएर बस्नेलाई एमालेका पक्षको जनमत थाहा छैन’


२६ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमाले बाहेक अरुलाई भोट दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिमा पार्टीबाट खटिने स्वयंसेवकहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विसं. २०७० वा २०६४ सालको निर्वाचन परिणामको विश्लेषण पुरानो क्यालकुलेटरमा आधारित हुने भन्दै अहिले काम नलाग्ने भन्दै राष्ट्रियता, एकता र आर्थिक समृद्धि र छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम गर्ने कुशलता देखाएको बताए ।

उनले प्रश्न गर्दै भने– ‘राम्रोसँग जनतामा नपुगेकाहरुले एमाले जित्दैन भन्ने सक्छन्, त्यस्तो भन्नेहरु जनतामा पुगेका छैनन् भनेर बुझ्नुस्, घरमा अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन । एमालेबाहेक अरुले जित्नुपर्ने कारण छ ?’

उनले वृद्धभत्ता काँग्रेस वितरण सुरु गरेको हो भन्दा मान्छे एक पटक हाँस्छ भन्दै एमाले छोयो कि नयाँ हुन्छ यो आविष्कारक पार्टी हो यसले विकासका कुरा गर्दा पढेलेखेकाहरु तिरमिराउने गरेको बताए ।

निर्वाचनमा कसैले गडबड गर्ला, नम्रताका साथ जतिसम्म अघि बढ्नुपर्ने बढ्नुस् भन्ने आग्रह गर्दै उनले एमाले शान्तिपूर्ण र मिलनसार छ तर कायर होइन भने । स्वयंसेवक भएर मादक पदार्थ सेवन गरेको पाइएमा पार्टी संगठनबाटै तत्काल कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्