‘प्रचण्डले कांग्रेसलाई बिश्वासघात गरे’


काठमाडौँ ।  केपी ओली नेतत्वको सरकार फेरवदलबारे चर्को बहर भैरहेका बेला नेपाली कांग्रेसका एक नेताले भने कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गरेका छन् ।

कांग्रेस नेता मीन बिश्वकर्माले रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कारमा बिहीबार बोल्दै यस्तो दाबी गरेका हुन् । उनले प्रचण्डले बिश्वासघात नगरेको भए राष्ट्रिय सरकारका निर्माण भइसक्ने दाबी पनि गरे । उनले अबको राष्ट्रिय सरकारको निर्माणमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि अगाडि नसार्ने बताए । उनले कांग्रेसले प्रधानमन्त्री नपाए एमालेबाटै पनि प्रधानमन्त्री बन्न सक्ने बतए । कार्यक्रममा बोल्दै उनले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा गर्न असम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्