ओली नहुँदा प्रचण्ड सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट


काठमाडौं, २३ साउन । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सक्रियता बढाएका छन् ।

दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता नेताहरुलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् ।

‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ । पार्टी नेताहरुसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘आवश्यक ठानिएका सचिवालय र स्थायी समिति सदस्यहरुलाई बोलाएर कुराकानी गरिरहनुभएको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्