ओली-प्रचण्डबीच बालुवाटारमा भेटघाट


काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ओली र बीच प्रचण्ड भेटघाट भएको हो ।

भेटमा समसामयीक राजनीतिक विषयवस्तुबारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद बिस्तार, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्ने विषय, एमसीसी कार्यदलले बुझाएको प्रतिवेदन लगायत कतिपय विषयहरूमा छलफल गरेर निचोड निकाल्ने प्रयास भइरहेको बालुवाटार स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्