ओली–प्रचण्ड ३ घण्टा भेटवार्ता, माक्र्स जयन्ती पार्टी एकता घोषणा सहमति नजिक


काठमाडौं, १४ बैशाख । नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष बीच शुक्रबार३ घण्टा  भेटवार्ता भएको छ । कार्लमाक्र्सको २००यौं जन्मजयन्तीको अवसर पारेर पार्टी एकता घोषणा गर्ने विषयमा दुईजना वीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टी एकताको घोषणा सरिरहँदा जनमानसमा अन्यौल सिर्जना भएको, गत बैशाख ९ गते भएको संयुक्त सभामा आफुहरु दुबैले अघोषित मितिमा पार्टी एकता हुने बताएको र कुनै अवरोध सिर्जना नभए मार्क्स जयन्तीकै दिन पार्टी एकता घोषणा गर्नुपर्ने लगाएतका विषयमा दुईनेता वीच छलफल भएको छ ।
ओली र दाहालबीच सांगठानिक संरचना मिलाउन केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संख्या बढाउने सहमति यसअघि नै भइसकेको छ । दुई अध्यक्षबीच कार्यदलले दिएको २ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाएर ३ सय ५० सदस्यीय वा सो भन्दा बढी बनाउने सहमति भएको स्रोतको भनाइ छ । माओवादीमा रहेका दोस्रो तहको सवै नेताहरूलाई स्थायी कमिटीमा पार्नका लागि यस्तो बाटो अपनाइएको हो । गत बैशाख ९ गते लेलिन दिवसमा एकता घोषणा नभएपछि कार्लमाक्सको २००औं जन्मजयन्तीको अवसर पारेर आगमी बैशाख २२ गते मे ५ घोषणा गर्ने गरी दूुईनेताको छलफछ भएको पनि स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्