प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेट, के–के भयो कुराकानी ?


२६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार बुधवार साँझ प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट भएको हो ।
कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि सत्ता फेरवदलको खेलमा देउवा लागेपछि प्रधानमन्त्री र कांग्रेसबीचको सम्बन्ध चिसो बन्दै आएको थियो । यसरी चिसो बनेको सम्बन्धमा भेटपछि केही सकारात्मक बन्ने अनुमान गरिएको छ । भेटमा अहिलेसम्म संवैधानिक नियुक्ति हुन नसकेको, बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेसले गरेको संसद् अवरुद्ध, मधेसवादी दलले गरेको आन्दोलनलगायत नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्