ओली मतदाता रहेको भक्तपुरमा एमालेका तर्फबाट एक मेयर र दुई उपमेयरको टुंगो लाग्यो


८ वैशाख । चार वटा नगरपालिका रहेको झक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका नेकपा (एमाले)ले मयेर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

एमाले भक्तपुरले दिएको जानकारी अनुसार मेयरमा मदनसुन्दर श्रेष्ठ र उपमेयर सुशिला सुवेदीको टुंगो लागेको छ । त्यसैगरी सुर्यविनायक नागरपालिकामा शशीजङ थापा र बाबुदेव थापामध्ये एक मेयरको उम्मेदवार बन्ने निश्चित छ । उपमेयरमा भने जुना बस्नेतको टुंगो लागेको छ । भक्तपुर नगरपालिका विष्णु सुवाल, सिद्धिकुमार रञ्जितकार र कृष्णप्रसाद सुवालको मयेयरमा चर्चा छ ।

चाँगुनारायण नगरपालिकामा सोम मिश्र, हरिशरण लामिछाने, मोहनविरु श्रेष्ठ, दामोदर दंगाल रमेश बुढाथोकी र नवराज गेलालले दाबी गरेका छन् । उपपेयरमा विना बास्तोला, रामकृष्ण बुृढाथोकीलगायतको चर्चा छ । जिल्ला कमिटीले सकेसम्म आजै सबैको नाम टुंगो लगाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्