ओली सरकार कांग्रेस–माओवादीले चाहेर पनि ढल्दैनः सुजाता


२० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी निकटका केही नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फेरवदल गर्ने खेलमा सक्रिय बनेका बेला नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले भने फरक खालको प्रतिक्रिया दिएकी छिन् । उनले अहिले कांग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएकी हुन् । वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने भन्दै उनले अहिले सरकार गिराउने खेलमा लाग्नु नहुनेमा जोड दिइन् । ‘मुलुकको पहिलो आवश्यकता संविधान निर्माण हो,’ उनले भनिन्, ‘त्यसपछि आउने निर्वाचनका लागि पार्टी तयार हुनुपर्छ । त्यसका लागि संगठन बलियो बनाउनुपर्ने आवश्यकता छ ।’
नेत्री कोइरालाले नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आउने गरेको भन्दै वर्तमान सरकारले निरन्तरता पाउनुपर्ने धारणा राखिन। पूर्वउपप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसलाई समेत साथमा लिएर मुलुकलाई निकास दिन आग्रह गरिन्

प्रतिक्रिया दिनुहोस्