ओली १५ दिनका लागि विदेश जाँदै, बैंककमा स्वास्थ्य परीक्षण, इन्डोनेसियामा घुमघाम


भदौ ८ । १० महिनासम्म सरकार चलाउँदाको थकाइ र १० दिन लामो स्थायी समितिको बैठक सकेर नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फ्रेस हुन भोली विदेश जाँदैछन् ।

अध्यक्ष ओलीको स्वास्थ्यमा खास कुनै समस्या नदेखिए पनि थाइल्यान्डको राजधानी बैंककमा फलो अप परीक्षण गर्ने गर्ने कार्यक्रम छ ।
पत्नी राधिका शाक्य, आफू प्रधानमन्त्री हुने बेलाका सल्लाहकार तथा पार्टीका आर्थिक विभाग प्रमुख विष्णु रिमाल र सहयोगी राजेश बज्राचार्यसहित ओली भोली दिउँसो साढे १ बजे थाइ एअरमार्फत बैंंककतर्फ प्रस्थान गर्नेछन् ।

बैंककमा सामान्य परीक्षणपछि ओली थाइल्यान्डकै पर्यटकीय क्षेत्रहरुको भ्रमणमा निस्किने कार्यक्रम छ । त्यसपछि चार दिनका लागि उनी इन्डोनेसिया पुग्नेछन् । थाइल्यान्ड र इन्डोनेसिया पर्यटकीय दृष्टिले आकर्षक मुलुकमध्येमा पर्दछन् । ती कुनै ठाउँमा ओलीको औपचारिक कार्यक्रम भने छैन ।

ती सबै भ्रमण सकेर अध्यक्ष ओली १५ दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्