औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधान सेनापति क्षत्रीको सन्देश


२४ मंसिर ।  ‘मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्दै जनता तथा राष्ट्रको लागि कर्तव्य निर्वाह गर्दै आउनु भएका सबैलाई धन्यवाद दिनुका साथै ‘६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को सु–अवसरमा सकल सैनिक व्यक्तिहरुलाई शुभकामना,’ नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी सन्देशका क्रममा प्रधान सेनापति क्षत्रीले नेपालको संविधान २०७२ बमोजिम विश्वव्यापी रुपमा स्वीकृत आधारभूत मानव अधिकारको रक्षा गर्ने दायित्व राज्यको हुने पनि उल्लेख गरेका छन् । ‘राज्यको अभिन्न सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाका सकलदर्जाले समस्त नेपालीहरुको मौलिक हक र अधिकारको पूर्ण रुपमा सम्मान गर्दै उच्च पेशागत दक्षताको साथ कर्तव्य पालनामा अडिग रहन  निर्देशन दिन्छु,’ विज्ञप्तिमा भनिएको छ ।  उक्त दिवस हरेक वर्ष १० डिसेम्वरमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्