औधोगिक क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिनुपर्ने–मुख्यमन्त्री पौडेल


हेटौँडा, २० वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले औधोगिक क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहिबार हेटौँडामाआयोजना गरेबो लघु उद्यमशीलता विकास विषयक अभिमुखीकरण कार्यक्रममा मन्त्री पौडेले सो कुरा बताएका हुन् । त्यसैगरी आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा भएको औद्योगिक क्षेत्रलाई प्रदेश सरकारको मातहतमा ल्याइनुपर्ने बताए । उनले भने, औद्योगिक क्षेत्रमा जग्गा दलालका गतिविधि अन्त्य गर्न समेत प्रदेश सरकार लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्