औषधी व्यवस्था विभाग खारेज गर्दै औषधिसम्बन्धी शक्तिशाली प्राधिकरण स्थापना गरिने


काठमाडौं,२ जेठ ।  औषधी व्यवस्था विभाग खारेज गर्दै शक्तिशाली प्राधिकरण स्थापना हुने भएको छ। 
विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था नेपाल खाद्य तथा औषधी एडमिनिस्ट्रेशन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन नेपाल (एफडीए) स्थापना स्थापना गर्ने नीति तथा कार्यक्रममा बताइएको छ।
औषधी, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक डिभाइस, प्रयोगशाला सामग्री, पोषण खाद्य सामग्री सौन्दर्य प्रसाधन, सामग्री समेतको गुणस्तर जाँच तथा नियमन गर्न स्वायत्त नियमनकारी संस्था एफडीए स्थापना गरिने भएको हो। 
प्रतिक्रिया दिनुहोस्