कक्षा १२ को परीक्षामा बेथिति : १३ घण्टा अघि नै प्रश्नपत्र आउट
बुटवल, १४ मंसिर । ९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घण्टाअघि नै बाहिरिएको खुलेको छ ।
बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घण्टाअघि नै बाहिरिएर विद्यार्थीहरुको फेसबुक ग्रुपमा आइसकेको थियो ।
यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट