कटारीमा मानव अधिकार सम्बन्धि अन्तरक्रिय सम्पन्न


२४ असार । उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सेवाग्राहीहरुप्रति उत्तरदायी र जवाफदेही भएर सेवा दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेका छन् । कटारी नगरपालिकाको हलमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो आग्रह गरेका हुन् ।

‘मानव अधिकार राष्ट्रिय कार्यायोजना जिल्ला स्तरमा कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रियामा बोल्दै घिमिरेले मानव अधिकार कार्यान्वयनमा सरकार मात्र जिम्मेवार नभई जन–सहभागिताको पनि उत्तिकै आवश्यकता रहेको बताए ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रमको व्यवस्थापन ईलाका प्रशासन कार्यालय कटारीले गरेको थियो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख अधिकृत सुनिल पौडेलले पनि आफ्नो भनाई राखेको थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले पनि कटारी र आसपास क्षेत्रका जनताले भोगेको समस्याका बारेमा बोलेका थिए ।
कार्यक्रममा उद्योगी, व्यवसायीहरुको तर्फबाट बोल्दै पवन श्रेष्ठले यस्ता चेतनामूखी कार्यक्रम क्षेत्रीय स्तरमा पनि गर्न सके मानव अधिकारको प्रत्याभूति जनताले महसुस गर्ने सुझाव दिए । कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरु, कटारीका कार्यालय प्रमुखहरु तथा सरोकारवालाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्