कपिलवस्तुका संक्रमित दाजुभाइ केही दिनअघि मात्रै मुम्बइबाट आएका


कपिलवस्तु, २६ बैसाख । मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु एउटै घरका दुई भाइ हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए ।

संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि मा.वि.को क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टिनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो ।

उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्