कमल थापाले दिए प्रचण्डलाई चेतावनी– ‘यथास्थितिमा संशोधन प्रक्रिया अघि बढाए असहयोग गर्छौँ’


१८ पुस । सरकारमा सहभागी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संशोधन प्रक्रिया अघि बढाउने चर्चा चलिरहेका बेला मिडिया नेपाल, कञ्चनपुरले सोमबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् ।

उनले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गरे । उनले राजनीतिक सहमति नभए मुठभेड निम्त्याउने भन्दै  यथास्थितिमा संशोधन प्रक्रिया अघि बढाए राप्रपाले असहयोग गर्ने चेतावनी पनि दिए । उनले मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने भन्दै पनि बताए ।

प्रतिक्रिया दिनुहोस्