कमल थापाले भने– ‘संविधान संशोधन भए हिन्दू राज्य चाहिन्छ’


१८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले  संविधान संशोधन प्रक्रिया तत्काल असम्भव भनेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले केही मधेस केन्द्रित दलका माग सम्वोधन गर्न संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी गरिहेका बेला थापाले यस्तो भनेका हुन् ।

सोमबार पार्टीको चन्द्रागिरि नगर कमिटीले दसैँ, नेपाल संवत्, तिहार, छठलगायत पर्वका अवसरमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले  संविधान संशोधन प्रक्रिया अघि बढाए देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्ने माग गरे ।

मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएको भन्दै थापाले राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने मा पनि जोड दिए । उनले करिब ८२ प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरुको भावनाअनुसार हिन्दू राष्ट्र हुनुपर्ने उनको भनाई थियो । ‘राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्