कम्युनिष्ट सरकारको महत्वपूर्ण उपलब्धिः देउवा सरकारको तुलनामा ५८ अर्ब बढि राजश्व संकलन


काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राजश्व संकलनमा उत्साहजनक परिणाम हासिल गरेको छ । राजश्व चुहावट नियन्त्रणमा कडाईका साथ प्रस्तुत भइरहेको सरकारले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका तुलनामा राजश्व संकलनमा उल्लेखनीय प्रगति गरेको हो ।
५ महिने महत्वपूर्ण कामका विवरणहरु पुस्तिकामार्फत सार्बजनिक गर्दै सरकारले अघिल्लो आर्थिक वर्ष २०७३÷७४ माघदेखि असारसम्मको ५ महिने अवधिभन्दा यस आर्थिक वर्ष २०७४÷७५ को सो अवधिमा ५८ अर्ब बढि राजश्व संकलनमा सफलता हासिल भएको जनाएको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले फागुनदेखि असारसम्म २ खर्ब ९० अर्ब राजश्व संकलन गरेकोमा वतर्मान सरकारले त्यहीे अवधिमा ३ खर्ब ४८ अर्ब राजश्व संकलन गरेर लक्ष्य पार गरेको विषयलाई उपलब्धिका पमा अथ्र्याइएको छ ।

त्यस्तै विकास खर्च ७८ बाट बढेर ८७ प्रतिशत पुगेको, ३ सय ४९ ओटा स्थानीय तहबाट बैंकिङ सेवा ६ सय ३१ ओटामा पु¥याइएको, श्रमिकलाई बैंकबाट तलब भुक्तानी दिने काम सुरु गरिएको पुस्तिकामा उल्लेख छ । त्रिभुवन विमास्थललाई २१ घण्टा संचालनदेखि वाईडबडी जहाज भित्र्याइएको जस्ता केही विषयलाई हवाई सेवा र पर्यटन पूर्वाधारका उपलब्धिका रुपमा ब्याख्या गरिएको छ ।
९२ कामको फेहरिस्त र १२ ओटा पाँच वर्षे मुख्य मार्गचित्र समेटिएको पुस्तिकामा सरकारले मुख्य १३ कामलाई सुशासनका लागि मानक थालनीका रुपमा अथ्र्याएको छ । यातायात सिण्डिकेटको अन्त्य, तस्करमाथि कारवाही र प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्बजनिक खर्चमा मितव्ययीता, खरिद अनियमितता रोक्न, एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता जस्ता मुख्य कामलाई सुशासनको थालनी दाबी गरिएको छ ।
त्यस्तै, कन्सुलर प्रमाणिकरण आधा घण्टामै, राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, अध्यागमन व्यबस्थापनमा टोकन प्रणाली र पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणालीको सुरुवातलाई पनि सुशासनको दाबीका रुपमा पुस्तिकामा उल्लेख छ । तर, जनताले प्रत्यक्ष अनुभूति गर्ने महंगी र कालाबजारी नियन्त्रण जस्ता विषयमा भने पुस्तिकामा केही समेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्