नेपाल कम्युनिस्ट पार्टीलाई बलियो हेडक्वार्टर आवस्यकः प्रचण्ड


काठमाडौ, १ जेठ । नेकपाका अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीलाई एउटै बलियो हेडक्वार्टर चाहिएको बताए का छन ।उनले पार्टीभित्रका सबैको सामुहिक प्रयासबाट बलियो हेडक्वार्टर बनाउनुपर्ने बताएका हुन । उनले भने ‘तर हेडक्वार्टर कसैले बनाइदे भनेर बनाउने होइन, उसको त्याग, तपस्या, योगदान, बलिदान, क्षमता, निष्ठाको आधारमा हुने हो’ प्रचण्डले भने ‘त्यो कम्युसनिस्ट पार्टीका सबै सदस्यको हामी सबैको सामुहिक प्रयासबाट बनाउने हो ।’
अध्यक्ष प्रचण्डले नेकपाको गठनमा अन्तर्राष्ट्रिय आयाम भएको बताउदै अब विभिन्न संगठनहरुको एकता हुँदै जादा सबैको जिम्मेवारी बढ्ने र नेता तथा कार्यकर्ता पंक्ति त्यसका लागि तयार हुनुपर्ने बताए। एमाले निकट प्रेस चौतारी र माओवादी निकट प्रेस सेन्टरको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पत्रकारिता क्षेत्रमा २१ औं शताब्दीमा नयाँ क्रान्ति सुरु भएको छ। जनतालाई सही सूचना दिनुपर्ने भएको छ।’

प्रतिक्रिया दिनुहोस्