कर्णालीका प्रमुख सचेतक शाह बर्खास्त


काठमाडौं,२६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसंगै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरिएको छ । शाहीविरुद्ध अविश्वास रहेको भनी नेकपाका १८ सदस्यले आइतबार संसदीय दलको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्