कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


सुर्खेत, ८ असार ।  कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्