कर्मचारीको आधिकारिक ट्रेड युनियनमा को-को निर्वाचित भए ? (देशभरिको सूची)


६ साउन । पहिलो पटक सम्पन्न भएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा जितेको संगठनका आधारमा पदाधिकारी तथा सदस्यहरु चयन भएका छन् ।

करिब दुई तिहाई जितेको नेपाल निजामती कर्मचारी संगठन र त्यसपछिको स्थान पाएको युनियनले आफ्ना तर्फबाट प्रतिनिधि पठाए पनि माओवादी निकट कर्मचारी संगठनले चाहिँ अदालतमा मुद्दा हालेको छ । निर्वाचन समितिले अन्तिम नामावली मुख्य सचिव सोमलाल सुवेदीलाई बुझाउने तयारी गरेको थाहा भएको छ ।

आधिकारिक युनियनको केन्द्रीय अध्यक्षमा पुण्य ढकाल, उपाध्यक्षमा भोलानाथ पोख्रेल, महासचिवमा सुबोधकुमार देवकोटा र कोषाध्यक्षमा सिन्धु पाण्डे चयन भएका छन् भने सचिव माओवादी निकट कर्मचारीका लागि खाली छ । सदस्यहरुमा लेखनाथ कोइराला, जीवन काफ्ले, छत्र शाह, खेमलाल अधिकारी, सुब्बालाल मण्डल, कुमार तिमल्सिना, मेघदेब पन्त, गोबिन्द अधिकारी, विश्वबन्धु रेग्मी, सुशील केसी, शंकर पुरी, सुवासकुमार कोइराला, राजुप्रसाद उप्रेती र जनक रावल छन् ।

प्रतिक्रिया दिनुहोस्