कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द


काठमाडौं,१४ असोज । कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्