कर्मचारीले काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छः मन्त्री पाण्डे


६ असोज । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुरानो शैलीको काम गर्ने तरिकामा परिवर्तन गरी कर्मचारीहरुलाई जनतालाई अनिभूत हुनेखालको काम गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले यस्तो बताउका हुन् । एकात्मक केन्द्रित व्यवस्थाबाट अब मुलुक सङ्घीयतामा गइसकेकाले हिजोको चिन्तन र सोचमा परिवर्तन गरी त्यसै अनुरुप काम गर्नुपर्ने उनको सुझाव थियो । उनले स्थानीय तहको सीमाङ्कन, नामाङ्कन र सङ्ख्या निर्धारणका साथै स्वायत्त, विशेष र संरक्षित क्षेत्रसहित निर्धारण गर्ने कार्यलाई पुनःसंरचना आयोगले अगाडि बढाइरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्