घुस लिने मालपोत कार्यालय राजविराजका नासु पक्राउ


काठमाडौ, २५ चैत । सेवाग्राहीसँग घुस लिने भूमिसुधार तथा मालपोत कार्यालय राजबिराजमा कार्यरत नायब सुब्बा बासुदेव मण्डल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीबाट खटिएको टोलीले मण्डललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो।

सप्‍तरीको राजबिराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत मण्डलले मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरी परेको थियो।

मण्डललाई घुस रकमसहित उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्