कवि भण्डारीको ‘ऋतम्भरा’ बजारमा


१६ माघ । साहित्यकार मोहनप्रसाद भण्डारीको २१ वर्षको मेहेनतपछि पहिलो महाकाव्य ‘ऋतम्भरा’ प्रकाशित भएको छ ।

दमक बहुमुखी क्याम्पसका प्राध्यापक भण्डारीको यसअघि ‘यस प्रेयसी खण्डकाव्य’, प्रजातान्त्रिक समाजवाद ‘हिजो, आज र भोलि’ लगायत आधा दजर्न पुस्तक प्रकाशन भइसकेका छन् ।

छन्दमा लेखिएको सो महाकाव्यमा २१ सर्ग छन् भने प्रायः सबै छन्दको प्रयोग पनि गरिएको छ । चार सय ८६ पेजको महाकाव्यलाई नेपाली महाकाव्य परम्परामा नयाँ उपलब्धिको रुपमा लिइएको छ ।

‘छिटै लेखिसकिएला भनेर प्रेयसी खण्डकाव्यको अन्तिमपानामा ऋतम्भरा महाकाव्य आउँदैछ भनेर लेखें’ भण्डारीले भने– ‘त्यही बचन पूरा गर्नका लागि मैले पाठकलाई २१ वर्ष कुराए । “सत्य र विवेकशीलताको अर्को नाम ऋतम्भरा हो ।’
वरिष्ठ साहित्यकार डा ताना शर्मा, डा मोदनाथ प्रश्रित र डा बन्जु शर्माले कृतिको शनिबार विमोचन गरेका हुन् । पुस्तक प्रकाशन प्रतिभा निकेतन दमकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्