कसरी उठ्यो यस्तो बेला पनि सात अर्ब बढी राजश्व ?


५ साउन ।  आर्थिक वर्ष २०७२÷७३ मा राजश्व संकलनमा १९ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयले औपचारिक रुपमा जानकारी दिएको छ । मन्त्रालयले  बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै आर्थिक वर्ष ०७२÷ ०७३ मा ७ अर्बभन्दा बढी रकम राजस्व संकलन भएको जनकारी गराएको हो ।
आर्थिक वर्ष २०७२÷७३ मा रू ४७५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ७ अर्बवढी राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षको तुलनामा १९ प्रतिशतल यसबर्ष बृद्धि भएको बिज्ञप्तिमा जनाइएको छ ।

२०७२ बैशाखमा गएको भूकम्पले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा क्षति पु¥याएको र आर्थिक क्रियाकलाप, उद्योग–व्यवसायहरू कतिपय अवरुद्ध भएका र कतिपय कम क्षमतामा सञ्चाललन भएका थिए । आर्थिक वर्षको दोस्रो महिनामा शुरु भएको तराई–मधेशको अबरोध, तेस्रो महिनामा शुरु भएको अघोषित नाकाबन्दी  र आपूर्ति प्रणालीमा देखिएको असहजताले आर्थिक क्रियाकलापहरू ठप्प भएका थिए ।
करिब छ महिनासम्म आर्थिक क्रियाकलापहरू शिथिल भएकाले आर्थिक वर्षको मध्यावधिसम्म लक्ष्यको तुलनामा रू ५२ अर्ब राजस्व कम संकलन भएको र आर्थिक क्रियाकलापहरू सुस्त भएका कारण करदाताहरूले करको विवरण र कर रकम बुझाउन नसक्दा आन्तरिक राजस्व परिचालनमा समेत प्रतिकूल प्रभाव पर्न गाएको बिज्ञप्तीमा उल्लेख छ ।

बैंक तथा वित्तीय क्षेत्रबाट प्रदान गरिएका कर्जालाई असल कर्जामा वर्गीकरण, कर्जा पुनतार्लिकीकरण र पुनर्संरचना, आम्दानी खर्च लेखाङ्कन गर्ने अवधि र ग्रेस अवधि थप, टर्म्ड कर्जाको अवधि थप गर्ने लगायतका वित्तीय उत्प्रेरणाका सुविधाहरू उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
सरकारको तर्फबाट उपलब्ध गराइएका कर तथा वित्तीय उत्प्रेरणाले उद्योगी व्यवसायीको मनोबलमा वृद्धि गर्न सहयोग पुर्याीयो, अर्थतन्त्रलाई थप जोखिममा पर्नबाट जोगाइएको , भूकम्प, सीमा नाकाको अवरोध र अघोषित नाकाबन्दीको कठिन परिस्थितिमा पनि उद्योगी व्यवसायीहरूबाट धैर्यतापूर्वक आर्थिक क्रियाकलाप र व्यवसायलाई निरन्तरता दिने काम भएको बिज्ञप्तीमा उल्लेख छ  । माघ महिनादेखि क्रमशस् सीमा नाकाको अवरोध हट्दै गएपछि व्यापारमा सुधार आयो। आर्थिक क्रियाकलापहरूमाक्रमशस् सुधार आई राजस्व परिचालनमा सकारात्मक प्रभाव परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७२ चैत महिनासम्म लक्ष्यको तुलनामा राजस्व संकलन रू। ५० अर्बले न्यून रहेको थियो । विगत महिनामा भएको राजस्वको न्यूनता पूर्ति गर्न बक्यौता असुली, गैरकरको अनुगमन, भन्सार मूल्यांकनमा सुधार, चोरी निकासी पैठारी नियन्त्रण, कर जोखिमको अनुसन्धान, स्वेच्छिक कर परिपालनामा सुधार, राजस्व प्रशासनको प्रभावकारी अनुगमन लगायतका राजस्व संकलनको बैकल्पिक योजना कार्यान्वयनमा ल्याइएको थियो ।
बिभिन्न प्रयासहरूको फलस्वरूप आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा लक्ष्यभन्दा रू । ७ अर्बबढी राजस्व संकलन गर्न सफल भएको हो । असार मसान्तसम्म रू।४८२ अर्ब राजस्व संकलन भएको हो । यो संकलन गत आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७१÷७२ मा यस्तो वृद्धि १४ प्रतिशत मात्र थियो ।
शीर्षकगत राजस्व असुलीमा गैरकर तर्फ लक्ष्यभन्दा १२ अर्ब बढी संकलन भएको छ भने कर राजस्वतर्फ आयकर, अन्तशुल्क, आन्तरिक मूल्य अभिवृद्धि कर र सवारी साधन करतर्फ लक्ष्य भन्दा बढी असुली भएको छ ।
भन्सार बिन्दूबाट संकलन हुने भन्सार महसूल तथा मूल्य अभिवृद्धि करको असुली लक्ष्यभन्दा न्यून भएको छ । भन्सार नाकामा भएको अवरोधका कारण भन्सार विन्दूबाट संकलन हुने राजस्व केही कम हुन गएको मन्त्रालयले जनाएको छ ।

विषम परिस्थितिमा पनि अर्थतन्त्रलाई गतिशील बनाई राजस्व परिचालनमा आ–आफ्नो तर्फबाट सहयोग गर्नुहुने करदाता, उद्योगी र व्यवसायीलाई हार्दिक आभार प्रकट गर्दछु। कठिन परिस्थितिमा पनि धैर्यताका साथ आफ्नो उद्योग व्यवसायलाई निरन्तरता दिई अर्थतन्त्रलाई गतिशील बनाउन मदत गर्ने निजी क्षेत्रको म उच्च प्रशंसा गर्दछु अर्थमन्त्री बिष्णु पौडेलले बिज्ञप्ती मार्फत जनाएका छन् ।

यस सन्दर्भमा राजस्व प्रशासनमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरू, राजस्व संकलनमा संलग्न अन्य निकायहरू र सो कार्यमा समन्वय गर्ने अन्य निकायहरू, दातृ निकाय तथा पत्रकारहरूलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्