काँग्रेसले केन्द्रीय समिति बैठक २० गते बोलायो


काठमाडौं, १८ कात्तिक । नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकको मिति तोकेको छ । पटक पटक मिति तय गरे पनि सर्दै आएको काँग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २० गतेका लागि तय भएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने पनि पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्