काँग्रेस काठमाडौँको मेयरमा रामचन्द्रका उम्मेदवार, देउवा जिल्ल


१९ वैशाख । नेपाली काँग्रेसले काठमाडौँको मेयरका रुपमा राजुराज जोशीलाई अघि बढाएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाई राजुराज करिब २५ वर्ष अघि प्रकाशमान सिंह काठमाडौँका सभापति हुँदा उनी सचिव थिए ।

सिंहले नै काँग्रेसको १३ औँ महाधिवेशनका बेला जोशीलाई काठमाडौँको मेयर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जोशीलाई नै अघि सारेपछि सभापति शेरबहादुर देउवाले अघि सारेका तीर्थराम डंगोललाई पछि पार्दै उनले मेयरको टिकट पाएका हुन् ।  उपमेयरमा काँग्रेसले हरिप्रिया खड्गीलाई अघि बढाएको छ । उनी नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्