काँग्रेस नेता प्रदिप गीरीले पढाए एमाले र माओवादीलाई माक्र्सवाद


काठमाडौ,२१ बैशाख । एमाले र माओवादीका नेता, कार्यकर्तालाई नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदिप गीरीले माक्सवाद र लोकत्रन्त्र विषयमा प्रवचन दिएका छन् ।

कार्ल माक्र्सको द्विशतवार्षिकीको उपलक्ष्यमा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा समाजवादी चिन्तक गीरीले माक्सवाद र लोकत्रन्त्र विषयमा प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणमा पुँजीवादले मान्छेलाई वस्तु वनाएको उल्लेख गर्दै उनले भने,जवसम्म मान्छेका सामाजिक सम्बन्धहरू बजारका वस्तुले निर्धारण गरिरहन्छन् तबसम्म आम मानिसमा आफ्नोपन पाईदैन, त्यसैले बजारवाट निर्देशित पुँजीवादी समाजको अन्त्यपछि मात्रै आम मानिसले वास्तविक मुक्ति पाउँछन् । राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्दै समाजवादको आधार तयार गर्न नेपालको आर्थिक सामाजिक अवस्था अनुसार समाज पूर्ण रूपमा पुँजीवादी स्वरूपको बन्न समाजका सबै मान्छे पुँजीवादी र कामदारको रूपमा विभाजित हुनुपर्ने पनि उनले प्रष्ट पारेका थिए । उनले भने,मार्क्सवादी दर्शन विश्वको सबैभन्दा प्रभावशाली मानिन्छ ।लोकतन्त्रको निश्चित परिभाषा नभएको औल्याउँदै उनले भने, बनाएर वनाएको व्यवस्था लोकतन्त्र हुन पनि सक्छ नहुन पनि सक्छ यो अमुर्त रुप हो ।

कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल,माधव कुमार नेपालले पनि मनतव्य राखेका थिए । प्रमुख अथितिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनि कार्यव्यस्तताको कारण उपश्थित भएनन् । कार्यक्रमा एमाले र माओवादीका १४ सय नेता, कार्यकर्ताको सहभागीता रहेको छ । नेकपा एमालेका उप–माहासचिव तथा कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोहका संयोजक घनश्याम भुषालको प्रतिवेदन प्रस्तुत त्यसमा सहभागीको तर्फवाट छलफल पछि कार्यक्रम शनिवार अपरान्ह समापन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्