काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या, प्रहरीको इन्काउन्टरमा २ अपहरणकारी मारिए


काठमाडौ, २१ साउन । राजधानीको काँडाघारीबाट आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ ।

ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारी समेत मृत्यु भएको छ ।

बालक अपहरण गर्ने अजय तामाङ र गोपाल तामाङ प्रहरीको इन्काउन्टरमा मारिएका हुन ।

अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको छ ।

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

 

encounter

प्रतिक्रिया दिनुहोस्