कांग्रेसका कारण भूकम्पपीडितलाई एकमुष्ट दुई लाख दिन असम्भव


१० असोज । कांग्रेसले संसद्मा चर्को स्वरमा भनिरहेको छ– ‘भूकम्पपीडितलाई दुई लाख रुपियाँ एकमुष्ट दिनुपर्छ ।’ यसमा विमति जनाउनुपर्ने कारण पनि छैन । तर, कांग्रेले नेतृत्व गरेको सरकारका पालामा तत्कालीन अर्थमन्त्री रामशरण महतको विशेष जोडमा बनाइएको नियमवालीका कारण वर्तमान सरकारले त्यसरी रकम दिन नसक्ने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभन्दा दुई दिन अघि २०७२ असोज २२ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले पारित गरेको भूकम्पबाट पूर्णरुपमा क्षति भएका आवास पुनःनिर्माण अनुदान सहायता प्रवाह कार्यविधि– २०७२ को ६ को वित्तीय ‘प्रबन्ध शीर्षक’को (ख) मा भनिएको छ– ‘अनुसूचि १ बमोजिमको प्रक्रिया पूरा गरी अनुदान सहायता चार किस्तामा उपलब्ध गराइनेछ । यस्तो अनुदान सहायताको अधिकतम रकम रु.२ लाख हुनेछ ।’

तत्कालीन सरकारमा एमालेका तर्फबाट सहभागी एक मन्त्रीका अनुसार, एकमुष्ट रकम दिनका लागि एमालेका मन्त्रीहरुले निकै जोड दिएका थिए । तर, अर्थमन्त्री डा. रामशरण महत त्यसरी कनिका छरे जसरी रकम दिन सकिँदैन भन्दै उक्त कुरामा जोड दिएका थिए ।

यस्तो छ चार किस्ता लिने कार्यविधि

Microsoft Word - anudaan _sahayata_karyabidhi

प्रतिक्रिया दिनुहोस्