कांग्रेसकै एक मन्त्रीले भने– ‘लोकमानबारे कांग्रेसले उचित समयमा उचित निर्णय लिन्छ’


९ कात्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावबारे विभिन्न टिकाटिप्पणी चलिरहेका बेला कांग्रेसकै एक मन्त्रीले भने महाअभियोग प्रस्ताव अघि बढ्ने दाबी गरेका छन् ।

‘लोकमानसिंह कार्कीको विषयमा नेपाली कांग्रेसले उचित समयमा उचित निर्णय लिन्छ,’ उनले भने ‘यस विषयमा कांग्रेस जनतासमक्ष विश्वस्त रुपमा प्रस्तुत हुन्छ ।’

उनले लोकमानको विषयले सरकारको गठबन्धनमा कुनै असर नपर्ने पनि स्पष्ट पारे । उद्योगमन्त्री जोशीले मधेसी मोर्चाको मागलाई पूरा गर्नका लागि चाँडैनै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्