कांग्रेसको चिच्याईको कुनै अर्थ छैनः प्रधानमन्त्री ओली


काठमाडौ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको चिच्याईको कुनै अर्थ नभएको बताएका छन । प्रधानमन्त्री ओलीले आगमी चुनाव ५ वर्षपछि मात्रा आउने भएकाले त्यतिवेला सम्म धैर्य गर्दा राम्रो हुने बताएका हुन । धेरै चिच्याउदा घाटीको समस्या होला भन्दै ओलीले संसद सञ्चालनमा कांग्रेसले रचनात्मक भुमिका खेल्नुपर्ने धारणा राखे ।
संसदको बजेट अधिवेसन सुरु हुनु भन्दा अघि एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले आफुहरु पुरानो कुरालाई इतिहास बनाउने अभियानको रुपमा रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने “कोमल ओलीले पुराना गीत गाउन छाडेजस्तै अब हामी गरिब छौ, हाम्रा छाप्रा छन भन्ने कुरा अब हराउदै जान्छ । शिरमा टोपी छैन, बस्ने बास छैन भन्ने गीत रचना गर्न नेपालीले छाड्छन नत्र हामी सरकारमा नै आउनुपर्दैन्थ्यो ।” एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमाले संसदहरुलाई अनुशासित, सक्रिय, रचनात्मक र सकारात्मक भुमिका खेल्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्