कांग्रेसको नजरमा ओली सरकारको सय दिन


काठमाडौ, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको सय दिन पुगेको छ । प्रधानमन्त्री ओली सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्री चुनिएका ओलीले पहिलो विदेश भ्रमण भारतवाट गरेर भारतसँगको सम्बन्ध सुधार पहिलो प्राथमिकतामा राखेका थिए । तेस्रो महिना वैशाख २८ र २९ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे । यसअवधिमा उच्चस्तरीय राजनीतिक भ्रमणसँगै नेपाल भारतबीच विभिन्न सम्झौता समेत भएका छन । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत परियोजना संयुक्त शिलान्यास गरे । त्यसैगरी रक्सौल काठमाडौं विद्युतीय रेल परियोजना सम्झौता र नेपाल भारत जलमार्ग सम्झौता पनि भएको छ ।
सरकारले उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री ओली आउँदो एक महिनाभित्र चीन जाने तयारीमा छन । पूर्वएमाले र पूर्वमाओवादीबीच एकतापछि नेकपा संसदको शक्तिशाली पार्र्टी बनेको छ ।

यसैबीच सरकारको सय दिनको उपलब्धीका बारेमा प्रतिपक्षि दल कांग्रेसका नेता रामचन्द्र पौडेलले यसो भने– ‘देशमा बहुमत सहितको स्थायित्व दिन सक्ने सरकार त बन्यो तर काम गर्ने कुरामा जति हल्ला, ठुला ठुला कुरा गरेको छ त्यो अनुसार मेसो लिएको छैन । हुने विरुवाको चिल्लो पात भन्छन त्यो चिल्लो पात मैले त देख्न सकिन । नीति र कार्यक्रम आयो यसले संघीयतालाई नै विर्सेको छ । संघीयतापछि पहिलो चोटी आएको नीति र कार्यक्रम भएकाले जुन किसिमले समेट्नु पथ्र्यो त्यो दिशा पर्केन । हिजो कै मानसिकतामा नीति तथा कार्यक्रम आएको छ यसले देशमा परिवर्तन हुने छाटकाठ देखिएको छैन । देशको विकास होस यही चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्