कांग्रेसद्वारा दुबै पटक संसद् अवरुद्ध, भोलिसम्मलाई बैठक स्थगित


१२ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आइतबारको संसद् बैठक निरन्तर अबरुद्ध गरेपछि सोमबारसम्मका लागि स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरे पनि कांग्रेसले एकै दिन दुई पटक संसद् अबरुद्ध गरेपछि सभामुखले सोमबारसम्मका लागि बैठक स्थगन गरेकी हुन् । (अपडेट)

प्रमुख विपक्षी नेपाली कांग्रेसले आइतबारको संसद् बैठक पनि अबरुद्ध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरे पनि कांग्रेसले एकै दिन दुई पटक संसद् अबरुद्ध गरेको हो ।

आइतबार संसद् बैठक सुरु हुनसाथ कांग्रेस सांसद्हरुले अबरोध गरेपछि सभामुख ओनसरी घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरेकी थिइन् । तर, पुनः सुरु भएको बैठक पनि कांग्रेसको अबरोधकै कारण आधा घण्टाका लागि स्थगित भएको छ ।

कांग्रेसकै अबरोधका कारण प्रधानमन्त्री ओलीले भूकम्प पीडितका लागि दिइने राहत र अफगानिस्तानको काबुल घटनाका बारेमा सम्बोधन गर्न नपाएको प्रधानमन्त्रीका संचार विज्ञ चेतन अधिकारीले बताए ।

देउवासँग छलफलपछि पनि अबरोध

कांग्रेस नेतृत्वका सरकारले ल्याएको कार्यविधिकै कारण भुकम्प पीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिन नसक्ने स्थिति रहे पनि प्रधानमन्त्री ओलीले सो पार्टीका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले कार्यविधिकै कारण एकमुष्ट दिन सकिने स्थिति नरहे पनि दुई किस्तामा रकम उपलब्ध गराउने सरकारको तयारी रहेको अवगत गराएका थिए ।

ओलीको उक्त भनाईपछि देउवा सकारात्मक बनेको बताइए पनि आईतबार पुन ः कांग्रेसले त्यही विषयलाई लिएर संसद् अबरुद्ध गरेको हो । कांग्रेस नेतृत्वको सरकारले विश्व बैंकसँग गरेको सम्झौता र निर्माण गरेको कार्यविधि परिवर्तन नभएसम्म एकमुष्ट रकम दिने कुरा सम्भव नहुने सरकारको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्