कांग्रेसबाट मन्त्री छनोटः देउवालाई देउवालाई आठ, पौडेललाई पाँच, सिटौला र खड्कालाई एक–एक


भदौ ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको झण्डै एक महिनापछि नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको अन्तिम सूची तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको जुँगाको लडाईंले मन्त्री छनोटमा अन्योल भएको थियो ।

तर, पौडेल समुहले सभापति देउवालाई झुकाएर पाँच मन्त्रालय आफूले लिने निश्चित भएसँगै मन्त्रीको टुंगो लागेको छ । बिहीबार साँझ सभापति देउवाले पौडेलका तर्फबाट पाँच, तेस्रो धारको नेतृत्व गरेको कृष्णप्रसाद सिटौलाको समूहबाट एक र खुमबहादुर खड्का समूहबाट गरी सात मन्त्रीको लिष्ट बुझेका छन् भने आफ्नो समूहबाट ६ गरी १२ मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

उनीहरु सबैको सपथ शुक्रबार बिहान नौ बजे हुनेछ । यस अघि नै विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।

पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने भएका छन् ।

त्यसैगरी पार्टी सभापति देउवाको समूहबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाही, केशव बुढाथोकी र सूर्यमान गुरुङ मन्त्री बन्दैछन् । पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, हृदयराम थानी र रोमी गौचन थकाली मन्त्री बन्ने भएका छन् । यता खुमबहादुर खड्का समूहबाट शंकर भण्डारी र सिटौला समूहबाट गगन थापा मन्त्री बन्ने भएका छन् । सिफारिस मन्त्रीहरुको मन्त्रालय पनि टुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्