कांग्रेसमा तीन केन्द्रीय सदस्य मनोनित, पूर्व सभामुख ढुंगाना महासमिति सदस्य


काठमाडौ, २४ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले तीन केन्द्रीय सदस्य मनोनित गरेका छन । देउवाले दिलबहादुर घर्ती, शिला खड्का र शिव हुमागाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तीन नेतालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गरेको र अब एक जना मनोनित हुन बाँकी रहेको पहिलो न्युजलाई बताए । खड्का स्वर्गीय नेता खुमबहादुर खड्काकी पत्नी हुन् । हुमागाईं काभ्रे कांग्रेसका पूर्व सभापति हुन् । घर्ती यसअघि केन्द्रीय सदस्य थिए ।

यसैबीच सभापति देउवाले पूर्व सभामुख दमनाथ ढुंगानासहित तीर्थराम डंगोल र हिरादत्त भट्टलाई महासमति सदस्य नियुक्त गरेका छन । ढुंगाना र डंगोल काठमाडौंका हुन् । दत्त कन्चपुरका हुन् ।

प्रतिक्रिया दिनुहोस्