कांग्रेसमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हरायोः सुजाता कोइराला


१० असोज । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान संशोसनको विषयमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने बताएकी छिन् ।

प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रियताप्रति संवेदनशील हुनुपर्ने र यतिखेर संविधान कार्यान्वयनतर्फ बढी ध्यानकेन्द्रित गर्नुपर्ने सम्बन्धमा जोड दिइन् ।

संविधान संशोधन गर्दा पुनः अस्थिरता आउनसक्ने भएकाले यस विषयमा नेतृत्व पक्षले गम्भीर भएर निर्णय गर्नुपर्ने उनको भनाई थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली कांग्रेसले बिर्संदै गएकामा चिन्ता व्यक्त पनि गरिन् । पछिल्लोपटक देखिएको गुट र उपगुटको राजनीतिले कांग्रेसको भविष्य नै सङ्कटमा पर्न सक्ने भएकाले यसतर्फ पार्टी नेतृत्व सचेत र सजग हुनुपर्ने नेत्री कोइरालाको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्